मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्षयरोग उपचार र नियन्त्रणको बजेट आधा घट्यो

karobardaily.com · Thu Mar 24 01:05:57 GMT 2022

सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य विकास साझेदारले सहयोग गर्दै आए पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट घटेको हो ।

अघिल्लो आवमा एक अर्ब ८४ करोड ५४ लाख रुपैयाँ विनियोजन गरे पनि गत आवमा भने यसको बजेट घटेर ७२ करोड ९० लाखमा सीमित भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गर्ने रिपोर्टमा आव २०७६-०७७ मा नेपाल सरकारले ८६ करोड, ग्लोबल फन्ड ९७ करोड र डब्लूएचओ तथा सहयोग साझेदारले सात करोड सहयोग गरेको उल्लेख छ । यसैगरी गत आवमा भने नेपाल सरकारले ४७ करोड, ग्लोबल फन्ड १९ करोड र डब्लूएचओ तथा सहयोग साझेदारले ६० लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)