मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

ratopati.com · Sat Mar 11 06:04:00 GMT 2023

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने र दिने भए उम्मेदवार पनि तय गर्ने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)