दक्षिण कोरियाली पानीजहाज कम्पनीमा श्रमिकलाई अवसर
gorkhapatraonline.com · Tue Aug 01 06:47:57 GMT 2023
काठमाडौँ, साउन १६ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो शाखाका अनुसार इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने छ ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको मानव संसाधन रोजगार मन्त्रालयबिच भएको समझदारी अनुसार इपिएस अन्तर्गत नेपाली श्रमिक पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)