कोरोना रोकथाम र उपचारमा गम्भीर बन्न देउवा र प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
nayapatrikadaily.com · Tue Apr 27 00:28:00 GMT 2021
शेरबहादुर देउवा, सभापति, कांग्रेस : परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरू गर्न सरकारसँग माग गर्दछु । साथै संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु ।
प्रचण्ड, अध्यक्ष, माओवादी केन्द्र : स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने आशंका बढाएको छ । जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गर्दछु ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)