भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा
nepalnews.com · Wed Jun 10 16:53:44 GMT 2026

काठमाडौं । भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । जिटुजी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने तयारी भएको छ, जसमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी समावेश छन् ।
नेपाल सरकारको विशेष आग्रहपछि भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स मार्फत सहुलियत दरमा मल आपूर्ति गर्ने सहमति बनेको हो । यसअघि मन्त्रिपरिषद्ले कुल १ लाख मेट्रिक टन मल (६० हजार युरिया र ४० हजार डीएपी) खरिद गर्न नीतिगत स्वीकृति दिएको थियो। त्यसअनुसार दुई देशका सरकारी निकायबीच सम्झौता गरी प्रक्रिया अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)