...जसको लगावले सबैको मन लोभिन्छ
annapurnapost.com · Sat Feb 10 00:23:18 GMT 2024
गुल्मी : फरक शारीरिक क्षमता भएका व्यक्तिहरू अब्बल हुन्छन्। यसैको एक उदाहरणीय पात्र हुन् गुल्मीका ऋषिराम कँडेल। जन्मजात फरक शारीरिक क्षमता भएका व्यक्ति भए पनि उनी खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष्य कोरिरहेका छन्।
गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रृंगाका १९ वर्षीय कँडेल जन्मजात अपांगता भएका व्यक्ति हुन्। ऋषिराम अहिले परिवारको सहाराबिना केही गर्न सक्दैनन्। तर उनको क्षमता भने सपांगको भन्दा कम छैन। कँडेलका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू केही चल्दैनन् । उनले खुट्टाका दुई औंलाको भरमा आफ्नो भविष्य खोजिरहेका छन्। उनले गाउँकै श्रीश्रृंगा जनता माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। उनका बुवा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान विद्यालय छोड्न र बेलुका लिन जान्छन्। घरदेखि ३० मिनेटको दूरीमा विद्यालय छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)