निजगढमा ६ घण्टा भयो गृहमन्त्री र मिटरब्याज पीडितको संवाद, प्रधानमन्त्रीसँग फोनमै छलफल
barnanmedia.com · Tue Jul 14 22:57:35 GMT 2026

जनकपुरबाट पैदल यात्रा गरी काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ आइपुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । निजगढमा पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण संकलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण संकलन सुरु गरेको छ । पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)