मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिनाउको बालुवाले धानेको बस्ती

ekantipur.com · Fri Feb 02 00:23:57 GMT 2024

बुटवल — कंक्रिटले ठडिएका बुटवलका हजारौं घरलाई दुई किनारमा राखेर बग्छ तिनाउ । उर्लिंदो भेलले दिने बेलाबेलाको त्रासबाहेक यो नदी किनारमा रहेका सुकुम्बासी बस्तीका हजारौं मजदुरको दैनिक ‘भरथेग’ को सारथि पनि हो । तिनाउ किनारमा पर्ने बुटवल उपमहानगरपालिका–११ को मजुवा, बुद्धनगर, सिर्जनानगरमा विपन्न समुदायको बसोबास छ । ती बस्तीका अधिकांश स्थानीय तिनाउको बालुवा बिक्री गरेर दैनिकी चलाइरहेका छन् ।

देवीनगरको सुन्दरटोलस्थित राधा सेक्टरमा टिनले छाएको दुईकोठे घरमा २७ वर्षीय सुमन सुनार बस्छन् । बालुवा खोज्न चामल सकिएर रित्तो भएको बोरा बोकेर खोलामा झर्छन् । उनी दिनमा ५ देखि १० बोरा बालुवा ल्याएर आँगनमा थुपार्छन् । ‘१५ दिनमा बल्ल ९० बोरा बनाएँ,’ उनले भने, ‘खोलामै बालुवा छैन, ठूलो तिनाउले झन् बालुवा ल्याउनै छोड्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)