मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेनले किन दिए मोदीलाई बधाई ?

nepalviews.com · Wed Jun 10 16:53:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरे ।

उनले भनेका छन्, “तपाईंको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”

प्रधानमन्त्री शाहले दुई देशबीच रहीआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इच्छुक रहेको उल्लेख गरे ।

मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीमा सबैभन्दा बढी समय काम गर्ने भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको रेकर्ड तोडेका छन् ।

मोदी लगातार प्रधानमन्त्री बनेको बुधबार ४ हजार ३९९ दिन पूरा भएको छ । जबकि नेहरुको कार्यकाल लगातार ४ हजार ३९८ दिनको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय