मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को–को छन् बोर्ड अध्यक्षका आकांक्षी ?

baahrakhari.com · Sat Jun 04 00:50:00 GMT 2022

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको कार्यकारी प्रमुख अध्यक्ष पद आजदेखि रिक्त हुँदै छ । मन्त्रिपरिषद्ले नियुक्त गर्ने यो पदका आकांक्षी थुप्रै छन् । तर, जसको राजनीतिक पहुँच उच्च छ, उही बोर्ड अध्यक्षमा नियुक्त हुनेछ । अनुभव र कार्यकौशलभन्दा पनि सत्तारूढ दलसँगको राजनीतिक उठबस र पहुँचले मुख्य भूमिका खेल्नेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डमा अक्सर सञ्चारमन्त्री र उनको ‘इन्ट्रेस्ट’मा अध्यक्ष नियुक्त हुने गरेको छ । वर्तमान अध्यक्ष दयाराम दाहाल नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेका बेला नियुक्त भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)