मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट

canadanepal.com · Wed Jun 10 17:00:39 GMT 2026

चितवन - चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ ।

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)