८ लाखले दर्शन गरे, दिनभर यस्तो रोचक देखियो पशुपतिमा महाशिवरात्री (फोटो फिचर)
ratopati.com
हिन्दूहरूको अर्को एउटा ठूलो पर्व महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा दिनभर भक्तजनको घुइँचो लाग्यो । यतिबेलासम्म ८ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । दर्शन गर्नेबाहेक मेला भर्न झन्डै २५ लाख हाराहारी श्रद्धालु पशुपति आइपुगेको उनले बताए ।
अघिल्लो वर्षको तुलनामा मन्दिरभित्र पुगेर दर्शन गर्ने भक्तजनको कमी भएपनि मन्दिर बाहिर उल्लेख्य रुपमा भक्तजन आएको उनले बताए । पशुपतिनाथको मन्दिरमा आज रातभरि पूजा जारी रहनेछ । गत बर्ष १६ लाख भक्तजनले मन्दिर प्रवेश गरेर पूजा गरेपनि यो वर्ष कोरोनाको त्रासका कारण केही कम भएको खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)