आयोगले रोक्यो कर्मचारी सरुवा
nayapatrikadaily.com · Thu Sep 22 16:34:00 GMT 2022
निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गरी आयोगले सरुवा गरिसकिएका कर्मचारीहरूलाई तत्काल रमाना दिएर पठाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
‘आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ६ असोजदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यस अवस्थामा विभिन्न संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाबमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि ६ असोजदेखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)