रोमाञ्चक खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई हरायो, अमेरिकी खेलाडीलाई रातो कार्ड
corporatenepal.com · Thu Jul 02 02:43:20 GMT 2026
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत आयोजक राष्ट्रमध्ये एक अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ। बोस्निया–हर्जगोभिनामाथि २–० को जित निकाल्दै अमेरिका प्रि–क्वाटरफाइनलमा पुगेको हो। अमेरिकाले पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको थियो।
खेलको ४४औँ मिनेटमा फ्लोरियन बलुगनले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्याए। उनले ३१औँ मिनेटमै बललाई पोस्टभित्र पुर्याएका थिए, तर अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। दोस्रो हाफमा पनि अमेरिकाले आक्रामक खेल जारी राख्यो। ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकको प्रहार गोलमा परिणत भएजस्तो देखिए पनि अफसाइड निर्णयले त्यो अवसर पनि खेर गयो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)