फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान
barnanmedia.com · Sun Jan 04 20:15:00 GMT 2026

फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट–घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो । फ्रान्स स्पेन बाहेक आफ्ना सबै छिमेकी मुलुकहरूसँग शुद्ध विद्युत् निर्यातकर्ता रहेको छ । स्पेनसँगको विद्युत् कारोबार भने करिब सन्तुलनमै रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)