लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि
ratopati.com
म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक–एक गोल गरे ।
सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । सिटीका लागि ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)