मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डढेलोले क्यानडा र अमेरिकामा वायु प्रदूषण

ekantipur.com · Fri Jun 09 00:53:38 GMT 2023

न्युयोर्क — केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ । क्यानडाको पूर्वी राज्य क्यबुेकमा डढेलो लाग्दा दुवै देशका लाखौं मानिसहरू प्रभावित भएका हुन् । डढेलो लागेको क्षेत्रका हजारौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

क्यानडाको इन्टरएजेन्सी फरेस्ट सेन्टरका अनुसार बिहीबार बिहानसम्म यहाँका ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको छ, जसमा २३६ स्थानको डढेलो नियन्त्रणबाहिर छ । हालसम्म ४० लाख हेक्टरमा डढेलो फैलिएको अनुमान गरिएको छ । जंगलमा लागेको आगोको धूवाँ पूरै देशभरि फैलिरहेको छ । ओटावा र टोरन्टोको अवस्था झनै खराब भएको अधिकारीहरूले जनाएका छन् । क्यानडाका अधिकारीहरूले अहिलेको डढेलो हालसम्मकै ठूलो भएको बताएका छन् । टोरन्टोकी यिली माले वायु प्रदूषणका कारण बाहिरी घुमघामको योजना रद्द गरेको बताइन् । ‘मैले कोरोनाका कारण लगाएको मास्क एक वर्षदेखि हटाएको थिएँ, अहिले फेरि लगाउन सुरु गरेको छु,’ उनले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)