मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका पठाउने भन्दै साढे ३८ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

nepalnews.com · Wed Jun 10 17:10:09 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका-९ का ५४ वरषीय निर्मलाकुमारी श्रेष्ठ छिन्।

श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। काठमाडौँ चन्द्रागिरि नगरपालिका-४ बस्दै आएकी श्रेष्ठले एक जनालाई अमेरिका पठाउने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)