उज्बेकिस्तानमा खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय
Ujyaaloonline.com · Tue Feb 27 01:04:00 GMT 2024
काठमाण्डौ - उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरवाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् । सजायको दायरा २ देखि २० वर्षसम्मको रहेको बीबीसीले जनाएको छ ।
हानिकारक दूषित सिरपहरू भारतको मेरियन बायोटेकले उत्पादन गरेको र उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सबैभन्दा लामो २० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)