कोलेस्ट्रोलको डरमा यी खानेकुरा नछोड्नुहोस्! डा. ओम मूर्ति अनिलले बताए मुटु जोगाउने सही आहार
barnanmedia.com · Wed Jul 15 01:33:57 GMT 2026

मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हाम्रो दैनिक खानपान र कोलेस्ट्रोलका बारेमा समाजमा व्याप्त भ्रम चिर्दै मुटुमैत्री खानेकुराका बारेमा महत्वपूर्ण जानकारी साझा गर्नुभएको छ। उहाँका अनुसार धेरै मानिसहरू केही स्वस्थ खानेकुरा खाँदा पनि कोलेस्ट्रोल बढ्ने डरले ती चिजहरू खान डराउँछन्, तर वास्तवमा ती खानेकुराले शरीरमा खराब बोसोको मात्रा बढाउँदैनन्। डा. अनिलले बिरामीहरूलाई सही तथ्य बुझाएर अनावश्यक चिन्ताबाट मुक्त रहन र सन्तुलित भोजनमा ध्यान दिन यो सन्देश दिनुभएको हो।
उहाँको सुझाव अनुसार काजु, ओखर र बदाम जस्ता ड्राइ फ्रुट्समा मुटुलाई फाइदा गर्ने असल बोसो हुने भएकाले यी चिजहरू स्वास्थ्यका लागि लाभदायक छन्। त्यसैगरी, एभोकाडो लगायतका प्राकृतिक फलफूल, प्रोटिनको राम्रो स्रोत मानिने अण्डाको सेतो भाग, र विभिन्न प्रकारका दाल एवं गेडागुडीले पनि कोलेस्ट्रोल बढाउन कुनै भूमिका खेल्दैनन्। यस्ता प्राकृतिक खाद्य पदार्थमा पाइने स्वस्थकर तत्वहरूले मुटु सम्बन्धी जटिलताहरू कम गर्न र शरीरलाई बलियो बनाउन मद्दत पुर्याउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)