हेर्नलायक हुने छ इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको सेमिफाइनल
barnanmedia.com · Wed Jul 15 01:36:42 GMT 2026
विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता सबैभन्दा हेर्नलायक मानिन्छ । विश्वकप फुटबल २०२६ मा यी दुई टिमको भिडन्त सेमिफाइनलमा हुँदै छ । दशकौँदेखिको फुटबलमा प्रतिद्वन्द्विता मात्र होइन, यी दुईबिचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ ।
सन् १९६२ पछि विश्वकपमा यी दुई टिमबिचको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले तीन खेल जितेको छ तर विश्व फुटबलमा चर्चा भने इङ्ग्ल्यान्डले हारेका दुई खेलको हुने गर्दछ । सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको अलोकप्रिय ‘ह्यान्ड अफ गड’ र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको थियो । सो समय अर्जेन्टिनाले यस जितलाई फकल्यान्ड युद्धमा ‘ब्रिटिस’ सँग हारेको बदलाका रूपमा पनि लिएको थियो । १२ वर्षपछि यी दुई टिमबिचको खेल सो समयका सुपर स्टार इङ्ग्ल्यान्डका डेभिड बेकह्यामले डिएगो सिमियोनीलाई प्रहार गरेर रातो कार्ड पाएपछि चर्चित भयो । बेकह्यामको रातो कार्ड इङ्ग्ल्यान्डको पराजयको कारण पनि बन्यो । यद्यपि बेकह्यामले चार वर्षपछि नै गोल गरेर अर्जेन्टिनालाई समूह चरणबाट बिदा गराएर बदला लिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)