सिद्धार्थ बैंकमा अर्को डरलाग्दो ऋणकाण्ड, किर्ते कागजमा ऋण दिएर बैंक कर्मचारी फरार ! (भिडियो ब्रिफिङ)
arthasarokar.com · Wed Jul 15 01:57:47 GMT 2026
काठमाडौँ । केही दिन अघि मात्र एक ऋणीले सिद्धार्थ बैंकका कर्मचारीले आफ्नो नाममा ऋण निकालेर आफूलाई थाहा नै नदिई सुटुक्क पैसा बैंककै कर्मचारीको खातामा पठाएको भन्दै पत्रकार सम्मेलन गरे । यो कुनै आरोप थिएन, बरु तथ्य थियो । स्टेटमेन्टमा सिद्धार्थ बैंकका कर्मचारीको बदमासी प्रष्ट देखिएपछि दुई कर्मचारीलाई बैंकले निलम्बन गर्यो । बैंकले निलम्बन गरेपछि अहिले ती कर्मचारी सम्पर्कविहीन छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय, सीआईबी लगायतका निकायमा सो केस विचाराधीन छ । यस्तो गम्भीर घटना बाहिरिएको केही समय नबित्दै त्यही सिद्धार्थ बैंकका कर्मचारीले गरेको अर्को बदमासी पनि सार्वजनिक भएको छ । बैंककै कर्मचारीको मिलेमतोमा अर्काको जग्गाको नक्कली साहु खडा गरेर बैंकका कर्मचारीले ५० लाख रुपैयाँ ऋण दिएको, र घटना प्रहरीमा पुगेपछि बैंकका कर्मचारी फरार रहेको खुलासा भएको छ । र आज हामी सिद्धार्थ बैंकका कर्मचारीले गरेको यही बदमासीबारे तथ्य खोतल्दैछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)