गोल्डेन बुटको दौडमा सबैलाई उछिने एमबाप्पेले
nepallive.com · Sun Dec 04 17:23:00 GMT 2022
काठमाडौं– फ्रान्स स्टार केलियन एमबाप्पेले गोल्डेन बुटको दौडमा सबै खेलाडीलाई पछाडि छोडेका छन्। उनले पोल्याण्डविरूद्ध प्रिक्वाटर फाइनलमा फ्रान्सलाई ३–१ गोलले जिताउन दुई महत्वपूर्ण गोल गरे। उनले ७४ र ९१ मिनेटमा गोल गरेका थिए।
जारी विश्वकपमा यो उनको पाँचौं गोल हो। गोल्डेन बुटको दौडमा यसअघि ३ गोल गर्दै एमबाप्पेसँगै अर्जेन्टिनाका लिओनल मेसी, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड थिए। तर, पोल्याण्डविरूद्धको खेलपछि एमबाप्पे धेरै अगाडि बढेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)