युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
canadanepal.com · Fri Oct 24 16:49:09 GMT 2025

जेनेभा – हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भने, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)