कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन
nepalsamaya.com · Sat Dec 16 16:15:00 GMT 2023
कुवेत- कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ। कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन्।
‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व. अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)