तीन दशकपछि माओवाद त्याग्दै माओवादी
onlinekhabar.com · Thu Feb 09 17:39:46 GMT 2023
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव ल्याएको छ । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको भर्चअल बैठकमा प्रस्तुत गरेका छन् ।
‘अध्यक्षले बैठकमा त्यो प्रतिवेदनबारे पनि बोल्नुभएको थियो,’ पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखा भन्छन्, ‘उहाँले यो बहसको प्रस्ताव हो । तपाईंहरु यसमाथि पार्टीभित्र छलफल चलाउँदै जानुहोस् भन्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)