धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
nepalviews.com · Wed Jul 15 03:21:48 GMT 2026

काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मंगलबार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठको निधन भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार धादिङकै २० वर्षीय समिर भुजेल घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)