फोडेनको ह्याट्रिकमा सिटी विजयी
ekantipur.com · Tue Feb 06 00:54:02 GMT 2024
लन्डन — फिल फोडेनको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष तीनमा रहेका टिमबीच दुई अंकको दुरी मात्र कायम रह्यो ।
सिटीको ४९ अंक भएको छ र आर्सलनको पनि समान अंक रहेको छ । लिभरपुल दुवै टिम भन्दा दुई अंकले अगाडि छ । तर सिटीले यी दुई टिमको तुलनामा एक खेल कम खेलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)