मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

ratopati.com · Fri Oct 24 17:31:00 GMT 2025

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा डगौरा व्यस्त छन् ।

दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा उनले शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन् । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उनले भने, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)