मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

Ujyaaloonline.com · Sat May 20 00:34:22 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ ।

गएराति हिमाञ्चल प्रदेशकाे धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतक बनाए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोडे । शिमरोन हेटमारले ४६ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)