अझै दुई दिन पानी पर्ने
hamrakura.com · Sun Apr 30 00:00:00 GMT 2023
काठमाडौं । अझै दुई दिन पानी पर्ने भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
प्रि-मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन-चट्याङसहित वर्षा भएको हो । काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको थियो। आइतबार र सोमबार वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)