शुक्लाफाँटाका किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिने
ratopati.com · Fri Oct 24 18:03:00 GMT 2025

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ । किसानलाई व्यावसायिक आलु खेतीतर्फ प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्रको चालु आबमा सञ्चालित विशेष पकेट क्षेत्र कार्यक्रम अन्र्तगत ध्रुवतारा सामुदायिक कृषि सहकारी संस्थाको सहकार्यमा किसानलाई अनुदानमा कार्डिनल जातको आलुको बीउ वितरण हुने भएको हो ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार बर्दियाबाट प्रति किलो रु ८० मा खरिद गरिएको आलुको बीउ किसानलाई रु ४० का दरले उपलब्ध गराइने छ । “पचास क्विन्टल आलुको बीउ ढुवानी गरेर ल्याएका छौँ,” उनले भने, “एक दुई दिन भित्रै आलुको बीउ सहकारीमा आबद्ध किसानलाई वितरण गर्छौ, सहकारीमा आबद्ध किसानको आयस्तर वृद्धि र व्यावसायिक खेतीतर्फ डोर्याउन यो पहल गरिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)