बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
nepalviews.com · Wed Jul 15 04:15:12 GMT 2026

काठमाडौ । बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । बागमतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।
टौदहका स्थानीयवासी मिलन खड्ले भने “ बागमती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)