हाइड्रोजन ऊर्जाको बल्ल गृहकार्य
ekantipur.com · Tue Sep 21 01:00:33 GMT 2021
काठमाडौँ — पेट्रोलियम पदार्थ र नवीकरणीय ऊर्जाका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सकिनेबारे बहस सुरु भएको छ । अहिले प्रयोग भइरहेका इन्धनका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जामा परिणत गरेर कार्बन उत्सर्जन नियन्त्रण गर्ने र हरित ऊर्जा प्रवर्द्धनमा सघाउन सकिनेबारे नेपालले पनि गृहकार्य थालेको हो ।
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति र व्यापार गरिरहेको एकमात्र सरकारी कम्पनी नेपाल आयल निगमले हाइड्रोजन ऊर्जालाई प्रवर्द्धन गर्न लगानी गरिरहेको छ । काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ‘ग्रिन हाइड्रोजन ल्याब’ स्थापना गरेर हाइड्रोजन ऊर्जाको उत्पादन, यसको आवश्यकता र प्रयोगबारे अध्ययन भइरहेको निगमले जनाएको छ । डिजेल, पेट्रोल, मट्टीतेल, एलपीजीलगायत पेट्रोलियम पदार्थको ठाउँमा हाइड्रोजन ऊर्जाबाट चल्ने प्रविधिको विकासका लागि अध्ययन भइरहेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)