पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
ratopati.com · Wed Jul 15 05:48:52 GMT 2026

पोखरा । पार्किङ विवाद चर्किँदा काठमाडौँमा पठाओ चालक गणेश नेपालीले आत्मदाह गरे । सो घटनासहित देशका विभिन्न स्थानमा ३ जनाको आत्मदाहका कारण ज्यान गयो । बुधबार महोत्तरीमा अर्का एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । गणेशले नगर प्रहरीसँग विवाद बढेपछि आत्मदाह गरेको बताइएको छ । यद्यपि, यसउपर छानबिन चलिरहेको छ । सोही घटनाबाट पाठ सिकेर पोखराका नगर प्रहरीलाई पनि संयमित भएर व्यवहार गर्न एक वडाध्यक्षले अपिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)