कार्यसम्पादन मूल्यांकनका आधारमा विभिन्न जिल्लाका शिक्षकको बढुवा सिफारिस
himalpress.com · Wed Jul 15 06:07:36 GMT 2026

जनकपुरधाम- शिक्षक सेवा आयोगको बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले कार्यसम्पादन मूल्यांकनका आधारमा विभिन्न तहका शिक्षकहरूको बढुवा सिफारिस गरेको सूचना सार्वजनिक गरेको छ।
निर्देशनालयले मंगलबार प्रकाशित सूचनाअनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को व्यवस्था बमोजिम आवश्यकभन्दा बढी अंक प्राप्त गरेका उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सिफारिसमा माध्यमिक तथा निम्न माध्यमिक तहका द्वितीय श्रेणीका शिक्षकहरू समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)