पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण
barnanmedia.com · Wed Jul 15 06:01:18 GMT 2026

कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायत समस्याका कारण पालिकाका नागरिक प्रभावित हुने गरेको पुनर्वास नगरपालिकाले जनाएको छ ।
विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दश थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँले उक्त सामग्री पुनर्वासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)