स्नातक दिदीबहिनीको फूलखेती
ekantipur.com · Sun Oct 23 01:11:45 GMT 2022
कपिलवस्तु — विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । चितवनको रामपुरबाट बीएस्सी एजी गरेपछि कपिलवस्तु–१० की २४ वर्षीया सुष्मा कँडेललाई गाउँघरमै केही नयाँ काम गरूँजस्तो लाग्यो । दिदी २७ वर्षीया रचना पनि खाद्य प्रविधिमा काठमाडौंबाट स्नातक गरेर आइन् । दिदीबहिनीले परम्परागत तरिकाको निर्वाहमुखी खेतीभन्दा फरक केही गर्ने सल्लाह गरे । व्यावसायिक कृषिमा काम गर्ने योजना बनाए । खेत आफ्नै थियो, छोरीहरूको योजनाले परिवारको साथ–समर्थन पायो ।
गत असारमा फार्म दर्ता गरे । सुरुमा २०७९ को तिहारलाई लक्ष्य गरेर फूल लगाउने निर्णय भयो । पाँच कट्ठा खेतमा कर्मा ५५५ गोल्डेन मेरीगोल्ड जातका ३ हजार बिरुवा सयपत्री फूल लगाए । उनीहरूले साउन पहिलो साता रोपेको फूल अहिले तयार छ । खेतमा फूल ढकमक्क छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)