मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वमा मनसुनी वायुको प्रभाव मध्य तथा पश्चिममा स्थानीय वायुको

pahilopost.com · Wed Jun 08 01:02:41 GMT 2022

काठमाडौं : देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)