मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

४ जिल्ला जोड्ने सडकको बेहाल

annapurnapost.com · Wed Jun 29 00:46:00 GMT 2022

उदयपुर : सडक कालोपत्रे गरेको पाँच वर्ष नबित्दै जीर्ण बनेपछि माथिल्लो सगरमाथालाई जोड्ने सिद्धिचरण लोकमार्गमा सर्वसाधरणले सास्ति व्यहोर्नु परेको छ। उदयपुरसहित चार जिल्लालाई जोड्ने लोकर्मागको मिर्चैया–कटारी–घुर्मी सडकखण्ड मर्मत नहुँदा उपभोक्ताले सास्ती व्यहोर्नु परेको हो। सडक मर्मत नहुँदा दुई घण्टामा पार गरिने घुर्मीखण्ड सार्वजानिक यातायातलाई ६ घण्टा लाग्ने गरेको स्थानीय बताउँछन्।

सडक जीर्ण हुँदा यात्रादेखि उपभोग्य वस्तु ढुवानीमा सकस भइरहेको छ। अझ लगातारको बर्षाका कारण पहिरो वग्दा र सडकका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएको चालक दलविर विश्वकर्मा बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)