मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कान्तिपुर प्रकाशकीय : सही र सत्यका पक्षमा उभिने दायित्वमा कुनै सम्झौता गर्दैनौं

ekantipur.com · Sun Feb 19 01:10:03 GMT 2023

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् तीन दशक लामो यात्रा पूरा गरी आज एकतीसौं वर्षमा प्रवेश गरेको छ । हाम्रोजस्तो ढिलो गरी खुलापन सुरु भएको मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर ३० वर्ष अग्रणी भूमिकामा रहनु आफैंमा एउटा उपलब्धि हो । यसका पछाडि कान्तिपुरमा विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदै छ, सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो ।

निजी क्षेत्रबाट दिगो सञ्चार उद्योग चलाउने र व्यावसायिक पत्रकारिताको संस्थागत जग बसाल्ने हाम्रो संकल्प सामूहिक प्रयत्नबाट मात्र सम्भव भएको तथ्य हामी यो अवसरमा पुनःस्मरण गर्न चाहन्छौं । यस क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, उत्साही विक्रेता/वितरक, सहयोगी विज्ञापनदाता/एजेन्सीलगायत सबै शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौं ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)