एनआरटीमाथि वीरगन्जको जित
ekantipur.com · Tue Feb 14 01:09:05 GMT 2023
मकवानपुर — ए डिभिजन टोली एनआरटी क्लबमाथि वीरगन्ज युनाइटेडले सोमबार पाँचौं स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगितामा जित हात पारेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा एनआरटीलाई ३–२ गोलले पराजित गर्दै ‘बी’ डिभिजन टोली वीरगन्ज अन्तिम आठमा प्रवेश गरेको हो । वीरगन्जबाट कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे । एनआरटीका दिनेश आले र ललिनुन जामाले गोल गरेका थिए ।
कृपाले ५० र ७४ औं र विवेकले २९ औं मिनेटमा गोल गरे । एनआरटीका दिनेशले २३ र ललिनुनले ७८ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच वीरगन्जका कृपा भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)