मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : नेता र अभिनेताबिच कला संवाद

ratopati.com · Sat Mar 16 00:47:00 GMT 2024

काठमाडाैँ । महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद भएको हो ।

सन २०१८ मा ओली नेतृत्वको सरकार कलाकारसहित भारत भ्रमणमा गएको प्रसङ्ग जोड्दै कला अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित रहेकाले अन्य क्षेत्र जस्तै कला क्षेत्रमा पनि राजनीतिको रङ्ग आउने बताए । त्यस्तै ओलीले पनि मानव सभ्यता अहिलेको अवस्थामा आइपुग्न कलाको महत्त्वपूर्ण भूमिका रहेको बताए । कलालाई कसरी लिनुभएको छ भन्ने हमालको प्रश्नमा ओलीले भने, ‘जीवन नै कलासँग सम्बन्धित छ । मानव सभ्यता कृषि, पशुपालनमा जाँदा पनि जङ्गली जनावरलाई तालिम दिने कला चाहिन्थ्यो ।’ साथै सुरक्षा, सिकाइ तथा बाँच्नका लागि गर्नुपर्ने सबै काम कला रहेको उनले जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)