सडकमा कुखुरा छाडेर किसान आन्दोलित
nayapatrikadaily.com · Wed Feb 08 00:29:00 GMT 2023
अन्डा र कुखुरा लिएर झापाका किसान सडकमा उत्रिएका छन् । व्यवसाय धान्नै नसक्ने अवस्थामा पुग्दा पनि राज्यबाट कुनै सहयोग नभएपछि किसानहरू आन्दोलित भएका हुन् ।झापाका किसानले मंगलबार बिर्तामोडको सडकमा अन्डा फुटाएर र कुखुरा सडकमै छाडेर विरोध जनाए । पूर्व–पश्चिम राजमार्गस्थित मुक्तिचोकमा किसानले झन्डै पाँच हजार अन्डा फुटाए भने अन्डा उत्पादन गर्दै गरेका पाँच सय कुखुरा सडकमै छाडे । ‘व्यवसाय धान्नै नसक्ने अवस्था आयो ।
बजार बिचौलियाको हातमा पुग्यो । हाम्रो व्यवसाय धराशायी बन्दा पनि बजारीकरणमा राज्यले ध्यानै दिएन,’ अन्डा उत्पादक संघ झापाका सदस्य चूडामणि मगरले भने, ‘बैंकले दैनिक टर्चर गरेको गर्यै छ । ५ प्रतिशतमा लिएको कृषि लोन १४–१५ प्रतिशत पुगिसक्यो । कतिवेला बैंकले लिलामी निकाल्छ भन्ने टुंगो छैन । अन्डाको मूल्य घट्दै छ । बाध्य भएर सडकमा आयौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)