अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले भने - हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौँ
barnanmedia.com · Wed Jul 15 07:44:02 GMT 2026
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।
उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो विश्वकप उपाधितर्फ अर्को कदम चाल्ने लक्ष्य रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)