मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

धरमपुरमा महिलाहरूकाे सामूहिक फूलखेती, माला बुनेर बजार लैजान भ्याइनभ्याइ (तस्वीरहरू)

shilapatra.com · Sat Nov 11 00:15:00 GMT 2023

तिहारलाई भनिन्छ- फूलैफूलको चाड । यस बेला फूल बेच्ने र किन्ने दुवैमा उत्साह हुन्छ । तिहारकै लागि भनेर धेरै ठाउँमा सयपत्री फूलको व्यावसायिक खेती गर्ने गरिएको छ । कतिपय ठाउँमा त महिलाहरू सामूहिक प्रयासमा फूल खेती गरिरहेका छन् । कतै महिलाहरूलाई विभिन्न संघसंस्थाले आर्थिक प्रोत्साहन गरिरहेका छन् । भरतपुर महानगरपालिका– २७, धरमपुरका महिलाहरू अहिले फूल टिपेर माला बनाउन व्यस्त छन् । केही दिनअघिदेखि नै माला बजारमा पठाउन थालिएको छ । तर, अरु बेलाभन्दा आजदेखि सयपत्री फूलको माला बढी बिक्री हुने व्यवसायी बताउँछन् । भरतपुर–मानवअधिकारका लागि महिला, एकल महिला समूहका महिलाहरूले केही दिनअघिदेखि नै फूलकाे माला उनिरहेका छन् । तयार माला उनीहरूले भरतपुरमा लगेर बेच्छन् । माला बुनिरहेकी एक महिला भन्दै थिइन्, 'बारीमै बिके त झन् कति राम्राे हुन्थ्याे तर खेती भएकै ठाउँमा आएर फूल किनिदिने अहिलेसम्म भेटेका छैनौँ ।'

चितवनकाे कालिकाटोल धरपुरमा वरिष्ठ फाेटाेग्राफर ओम यादव ले खिचेका केही तस्वीरहरू:

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)