मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

योगलाई सम्पूर्ण विश्वले ग्रहण गर्नु सबैका लागि खुसीको विषय : राष्ट्रपति भण्डारी

ratopati.com

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गर्नुभएको सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भौतिक विकासबाट प्राप्त हुने मानवीय खुसीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक ऊर्जासँग जोड्दै सुखी, समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुने उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)