मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय खुले, पुस्तक छैन

ekantipur.com · Sun May 22 00:27:42 GMT 2022

काठमाडौँ — स्थानीय तह निर्वाचनलगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले नयाँ कक्षामा भर्ना भएका बालबालिकाले कहिलेसम्म पाठ्यपुस्तक हात पारिसक्छन् भन्ने टुंगो छैन । सरकारले घोषणा गरेको ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा व्यर्थ भएको छ ।

विद्यालयमा पठनपाठन सुरु भइसक्यो तर शुक्रबारदेखि मात्रै जनक शिक्षाले छापिएका पाठ्यपुस्तक वितरणका लागि डिपोहरू खुला गरेको छ । डिपोमा पनि मागअनुसार पाठ्यपुस्तक नहुँदा ढुवानी र बिक्री सुरु गर्न नसकिएको पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले गुनासो गरे । समयमै आवश्यक पुस्तक छपाइ गर्न नसकेको जनक शिक्षाले डिपो पनि चलाखीपूर्वक खोलेको उनीहरूको भनाइ छ । किनकि शुक्रबार खुलेका डिपोले शनिबार र आइतबारको सार्वजनिक बिदापछि सोमबारदेखि मात्रै पुस्तक वितरण गर्न थाल्नेछन् । ५, ६ र ८ कक्षाको पुस्तक आवश्यक संख्यामा छाप्न नसकेको र अन्य कक्षाको पुस्तक पनि पूरा सेट नभएकाले डिपो खोल्न ढिलाइ गरिएको जनक शिक्षा स्रोतले जनाएको छ । यसअघि कर्मचारी चुनावमा खटिएको बहानामा डिपो खुला गर्न रोकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)