आज यी तीन देशको डलरको भाउ बढ्यो
corporatenepal.com · Thu Jul 02 03:30:28 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। आज एक अस्ट्रेलियन डलरको खरिद दर १०४ रुपैयाँ ७८ पैसा र बिक्री दर १०५ रुपैयाँ २० पैसा तोकिएको छ। बुधबार भने यसको खरिद दर १०४ रुपैयाँ ०६ पैसा र बिक्री दर १०४ रुपैयाँ ४७ पैसा थियो।
त्यस्तै, एक क्यानेडियन डलरको खरिद दर १०६ रुपैयाँ ९३ पैसा र बिक्री दर १०७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिद दर १०६ रुपैयाँ १७ पैसा तथा बिक्री दर १०६ रुपैयाँ ५९ पैसा रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)