डेंगुबाट बच्न अपनाउनुहोस यी उपाय
emountaintv.com · Wed Jul 19 16:20:01 GMT 2023
काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले बल्लबल्ल स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएपनि यस पटक स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाएको छ ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरिएको छ । डेंगुको संक्रमण बढी भएका काठमाडौं, ललितपुर,भक्तपुर, चितवन र मकवानपुरमा वार्षिक कार्ययोजना लागू गरिएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखिएयता १९ वर्षमा ८३ हजार ६८१ जनामा संक्रमण भइसकेको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)